न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने : मन्त्री तामाङ

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने : मन्त्री तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन् । मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उनले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताए।

‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ”, उहाँले भन्नुभयो, “तर त्यो नियुक्तिपछि त्यस्ता व्यक्तिले स्वतन्त्र ढंगले काम गर्नुपर्छ ।’ उनले भने । उले न्यायाधीशलाई इजलासमा बसेर ढुक्कका साथ फैसला गर्ने वातावरण बनाइने स्पष्ट पारे ।

मन्त्री तामाङले भ्रष्टाचार निवारण ऐन २०५९ र न्यायपरिषद् ऐनलाई संशोधन गरी सांसद, स्थानीय जनप्रतिनिधि र न्यायाधीशले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउन थालिएको समेत जानकारी दिए । उनले न्यायाधीशको उमेर सम्बन्धमा विवाद नआओस् भन्नाका लागि अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने बताए ।

फैसलापछि फैसलाको पूर्णपाठ आउन महिनौँ लाग्ने परम्पराको अन्त्य गरिने भन्दै उनले भने ‘न्यायालयमा जनशक्ति थपेर फैसलाको पूर्णपाठ अब १० देखि १५ दिनभित्र उपलब्ध गराउने योजना छ, “फैसला भए पनि पीडितले न्याय नपाउने भन्ने कुराको अन्त्य गरिनेछ ।’ मन्त्री तामाङले विकास आयोजना चाँडो सम्पन्न गर्न त्यससम्बन्धी मुद्दा चाँडो टुङ्याइने बारे पनि छलफल भइरहेको जानकारी दिए ।