महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने

महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरु प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको छलफलमा नजाने भएका छन् । सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्।

महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग बिहीबार बिहानदेखि छलफलमा बोलाउने निर्णय गरेको थियो ।

बयानका क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए ।