प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सर्वसम्मत

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो ।

सुनुवाइ नसकिएकाले मंगलबार सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिए ।

जवराले सुनुवाईका क्रममा समितिका सदस्य सांसदहरुले गरेका प्रश्न तथा उनी माथि लगाइएका आरोप तथा उजुरीहरु बारे आफ्नो प्रतिक्रिया दिएका थिए । चोलेन्द्रशम्शेरको कार्यकाल चार वर्षको रहने छ ।

समितिबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले जाथाभावी आदेश गरेको भन्दै योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै उनले संसदीय समितिका यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यस्तै जुवा, प्रेरणा र छप्कैया पोखरीको मुद्दाका बारे जवाफ दिँदै उनले कुनै पनि मुद्दामा आफ्नो बदनियत नरहेको दाबी गरेका थिए।

सुनुवाइपछि आजै राष्ट्रपतिले जबरालाई नियुक्ति गर्ने सम्भावना छ। आजै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँदैछन्।