कोशी सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

कोशी सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेश सरकारविरूद्धको मुद्दाको सुनुवाइका लागि आज पनि पेशी तोकिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध रिटको पेसी सर्वोच्च अदालतमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको हाे ।

आइतबार सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएपनि समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो। रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।