न्यायाधीशहरुको बैठक : बन्दीको मुद्दा हेर्ने, जारी आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय

न्यायाधीशहरुको बैठक : बन्दीको मुद्दा हेर्ने, जारी आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा फर्किएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदी इजलासमा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेर आदेश जारी गरेका छन् ।

यसअघि प्रधानन्यायाधीश जबराले मुद्दा नहेर्ने र विवाद समाधान नहुँदासम्म अरु न्यायाधीशले बन्दीका मुद्दा मात्रै हेर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन घोषणा गरेको हप्तादिन पछि इजलासमा फर्किएका थिए । तर, तिहार बिदापछि अदालत खुल्दा सोमबार प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत इजलास गठन गरेपछि न्यायाधीशहरु असन्तुष्ट बनेका थिए ।

असन्तुष्ट न्यायाधीशहरु बीच सोमबार बेग्लै भएको छलफलमा जारी आन्दोलनलाई अझै सशक्त बनाउँदै निरन्तरता दिने र बन्दीका मुद्दाको सुनुवाइ गर्ने समझदारी बनेको एक न्यायाधीशले जानकारी दिए । छलफलमा बन्दीको मुद्दा सुनुवाइ गर्ने समझदारी बनेपछि सोमबार सुरुमा न्यायाधीश चुडाल इजलामा गएका थिए । चुडालपछि बमकुमार श्रेष्ठ र अन्य न्यायाधीशहरु इजलास गएका थिए ।

प्रधानन्यायाधीश राणाले सोमबारका लागि २ एकल र ४ संयुक्त गरी ६ वटा इजलास गठन गरी बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइका लागि पेसी तोकेका थिए ।