काठमाडौं – चन्द्रागिरिबाट दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बलम्वुद्धारा खटिएको टोलीले चन्द्रागिरि कटेजबाट दुई लाख २० हजार ६ सय ५ रुपैयाँसहित ८ जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुकेश थापा, केशर बहादुर खत्री, नारायण अधिकारी, संजय लामा, नेत्र बहादुर लामा, सिकिन्द्र श्रेष्ठ, रिख बहादुर केसी र सुवास आचार्य छन् । प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने १६ ओटा कौडा र एक बुक तास समेत बरामद गरेको छ ।




प्रतिक्रिया