जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ


कैलाली – जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षिय सुकबहादुर भनिने अमर राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

उनलाई धनगढी उप महानगरपालिका–१९ फूलबारीको नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरीएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपशमसेर जवराले जानकारी दिए ।

गत कात्तिक २ गते तस्करीको ट्रान्जिट क्षेत्र मानिने जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरुले हत्या गरेको थियो ।

असई विकको शव २ कात्तिकमा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो भने त्यसको दुई दिनपछि ४ कात्तिकमा जवान साउदको शव पनि मोहना नदीमै फेला परेको थियो ।

यसअघि हत्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement