मार्क जुकरबर्गलाई काखीको पसिना सुकाउन कर्मचारी !


एजेन्सी – हामीले मार्क जुकरबर्गले पत्रकार सम्मेलन, सीनेटको सुनुवाईको समयमा पानी पिएको र लगातार पसीना बगाएको देखेका छौं । हालै मात्र प्रविधि पत्रकार स्टीभनले लेखेको पुस्तक समीक्षामा ३५ वर्षीय सीईओले स्टेजमा जानु पहिले मानिसलाई आफ्नो काखीमा आएको पसीना सुकाउनलका लागि कर्मचारीको रुपमा राखेको उल्लेख गरेका छन् ।

यो उल्लेख गरिएको पुस्तकको नाम हो ‘फेसबुकः द इनसाइड स्टोरी’ । यद्यपि यो पुस्तक विश्वभरी पठाइएइको छैन । पुस्तकमा मुल रुपमा फेसबुका पर्दा पछाडि हुने घटनाको उल्लेख गरिएको छ । पुस्तकको समीक्षा बलूमबर्गका अस्टिन केरले लेखेका हुन् ।

उनले समीक्षामा लेखेका छन्,‘उनी पनि आफ्नो सार्वजनिक छविको विषयलाई लिएर सचेत भएका छन् । एक कार्यक्रममा बोल्नु पहिले चिन्ताका कारण पसीनाले भिजेका सीईओका काखी सुकाउदै गरेका संचार कार्यकारीलाई देखिएको छ ।’

केही मानिसले ट्वीटरमा यसलाई मनोरन्जनको रुपमा हेरिरहेका छन् । केही मानिसले यसलाई भयावह भएको बताएका छन् । वास्तवमै भन्ने हो भने जुकरबर्गले आफ्नो काखी सुकाउनका कर्मचारीको नियक्ती गरेका छन् ।

तर फेसबुकका प्रवक्ता लिज बुर्जुआलाई यो कुरा पूर्ण रुपमा साचो लागेको छैन । आफूलाई यो साचो हो भन्ने विषयमा सन्देह भएको उनले बिजनेस इनसाइडरलाई बताएका छन् । यदी यस्तो भएको नै भएपनि आफ्नो संचार टीमको अनुरोधमा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement