जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल घर फर्किए

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – जडीबुटी संकलन गर्न गएर बेपत्ता भएका १२ जना घर फर्किएका छन् । बेपत्ता हुनेहरुमा जुम्लाको तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जना स्थानीय रहेका थिए ।

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन सकेका थिएनन् । उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न पाटनतर्फ गएका थिए ।

जडीबुटी संकलन गर्न गएकाहरुमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा थिए ।

यसअघि जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने तय भएको थियो । उनीहरुकाे खाेजीका लागि सेनाकाे हेलिकाेप्टर तयारी अवस्थामा राखिएकाे थियाे ।