काठमाण्डु – नेपाली दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ भिजन २०२०–आइएपीबीको नीति तथा योजना निर्देशकमा नियुक्त भएकी छन् ।
आँखा स्वास्थ्य हेर्ने विभाग इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)मा नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको यो पहिलो पटक हो ।
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र लण्डन स्कुल अफस्कुल अफ पोलिटिकल साइन्स मा अध्ययन गरेकी उनि नेपाल दृष्टि विशेषज्ञ संघका कोषाध्यक्षसमेत हन् ।
सन् २०११ देखि गरिबी निवारणका लागि स्वास्थ्य तथा शिक्षा कार्यक्रममा स्वयमसेवी बनेर काम गरेकी छन् । आँखा स्वास्थ्यका बारेमा उनले जनचेतना फैलाउन सक्रिय छन् ।




प्रतिक्रिया