डान्सबारमा जुवातास खेल्ने, खेलाउने १३ जना पक्राउ, ४ लाख नगद बरामद

डान्सबारमा जुवातास खेल्ने, खेलाउने १३ जना पक्राउ, ४ लाख नगद बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिका–८ ग्वार्कोस्थित नन स्टप डान्सबारको भवनमा जुवातास खेल्ने, खेलाउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएराति ११ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध महाशाखाको संयुक्त टोली खटिएर हेर्दा भवनको पाचौं तलाको कोठामा बाहिरबाट च्यानल गेटमा ताल्चा लगाई जुवा खेल भइरहेको पाइएको हुदाँ च्यानल गेटमा लगाएको ताल्चा फुटाएर घरभित्र प्रवेश गरी जुवा खेलिरहेका १३ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरीले नगद र कौडासहित पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिनको थुना अनुमति लिई न्यायिक हिरासतमा राखेको जनाइएको छ ।

प्रहरीले आरोपीसँगै ४ लाख ३७ हजार ९६० रुपैयाँ नगद र १९ थान कौडा बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने डान्सबार सञ्चालक ३५ वर्षीय विशु तामाङ, मकवानपुर जिल्ला घर भई हाल ललितपुर महानगरपालिका–३ बागडोल बस्ने ५० वर्षीय सोमनाथ गोले, ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ४० वर्षीय पुष्प खड्की, दोलखा जिल्ला घर भई हाल ललितपुर महानगरपालिका–२५ भैंसेपाटी बस्ने ३१ वर्षीय कल्याण तामाङ, ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–६ शिद्धिपुर बस्ने ४१ वर्षीय सुरेन्द्र महर्जन, सिन्धुपाल्चोक जिल्ला घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ३५ वर्षीय विशाल तामाङ, काभ्रेपलाञ्चोक जिल्ला घर भई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थान बस्ने ५१ वर्षीय कृष्ण लामा, भोजपुर जिल्ला घर भई हाल काठमाण्डु काठमाण्डु महानगरपालिका–३२ जडिबुटी बस्ने ५३ वर्षीय सन्तोष श्रेष्ठ, ललितपुर महानगरपालिका–६ ओकुबहाल बस्ने ६४ वर्षीय दिलन शाक्य, भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–६ बस्ने ५६ वर्षीय दिलन शिद्धार्थ लामा, उदयपुर जिल्ला घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका–४ सल्लाघारी बस्ने ५६ वर्षीय सुरेन श्रेष्ठ, मकवानपुर जिल्ला घर भई ललितपुर महानगरपालिका–३ बागडोल बस्ने ३८ वर्षीय तुलसा कार्की, चितवन जिल्ला घर भई ललितपुर जिल्ला महानगरपालिका–३ बागडोल बस्ने ३६ वर्षीय शान्ति तामाङ रहेका छन् ।