काठमाण्डु – राजधानी काठमाण्डुको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेल्दाखेल्दै प्रहरीले २२ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–२६ मित्रनगरस्थित धादिङको गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङ सेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले होटल सञ्चालिकासहित ७ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङको केराबारी घर भई काठमाण्डुको कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बुसहित १५ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए ।
जुवा खालबाट प्रहरीले २ लाख ७० हजार ५५० रुपैयाँ तथा केही थान तास बरामद गरेको छ ।




प्रतिक्रिया