जुवा खेल्दाखेल्दै पक्राउ परेका पूर्वमन्त्रीसहित ११ जना धरौटीमा रिहा

जुवा खेल्दाखेल्दै पक्राउ परेका पूर्वमन्त्रीसहित ११ जना धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेल्दाखेल्दै पक्राउ परेका नेकपा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना धरौटीमा रिहा भएका छन् ।

कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना गौरीघाटबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकोमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

रिहा हुनेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्व मन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष वीर बहादुर राई, टेलिसिरियल ‘सक्किगो निँ’का कलाकार पुरुषोत्तम शर्मा, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

प्रहरीले जुवाखालबाट १ लाख नगद बरामद गरेको छ ।