काठमाण्डु – देशभर विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा स्थानीय ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडासहित पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिका–४ धोतीचौतरा बस्ने ५६ वर्षीय अकबहादुर थापाको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ३८५ रूपैयाँ र १६० पत्ता ताससहित पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–४ बस्ने २९ वर्षीय राजेन्द्र बहादुर शाह समेत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको छ ।
कञ्चनपुरकै बेदकोट नगरपालिका–७ सुडास्थित ३९ वर्षीय अमरसिह धामीको न्यू हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २६ हजार २५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीस्थित स्याङ्जाको गल्याङ नगरपालिका–११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका–१ सगाहा बस्ने ५६ वर्षीय बलबहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुँगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझास्थित एभर ग्रिन पेट्रोल पम्पको भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय प्रमेन्द्र बोहोरा समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख १९ हजार ३३५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया