जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जुवातास खेल्दाखेल्दै सिन्धुपाल्चोकमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक चौतारा साँगाचोकगढी नगरपालिका–६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६९ हजार ७३० रूपैयाँ र तास ३ बुकसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।