जुवातास खेल्दाखेल्दै १६ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु र सुर्खेतबाट जुवातास खेल्दाखेल्दै १६ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डु म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ यरिचोकस्थित दैलेखको भैरवी गाउँपालिका–२ घर भएका ४० वर्षीय पदम थापाको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक पदम समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ हजार ९०० नेपाली रूपैयाँ, २ हजार भारतीय रूपैया र ७ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।