जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुर नगरपालिका–५ राराहिलस्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेल्दाखेल्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

खाजा घरका सञ्चालक स्थानीय ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ७ हजार ७३५ रूपैयाँ र तास ३ बुकसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।