जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – प्रहरीले जुवातास खेल्दाखेल्दै चितवनमा १० जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–११ गोर्खाली टोल बस्ने ६० वर्षीया हिरा गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ४५ वर्षीय रवि गुरूङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६५ हजार १८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।