जुवातास खेल्दाखेल्दै ४ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – जुवातास खेल्दाखेल्दै प्रहरीले वीरेन्द्रनगरबाट ४ जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले उनीहरूलाई नगद ४१ हजार ५२५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।