जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


काठमाण्डु – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वेर नगरपालिका–८ बेशीगाउँस्थित सोलुखुम्बुको काकु गाउँपालिका–५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आरोपीहरूलाई नगद ५८ हजार ९५० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।