जुवा खालबाट ९ जना व्यापारी पक्राउ


काठमाडौँ – महानगरीय प्रहरी बृत्त दरबारमार्गले गोप्य सूचनाका आधारमा कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई पक्राउ गरेको छ ।

सोमबार साँझ कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेकाे हाे ।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् ।

अशोक अग्रवाल नेपालका लागि गिनीका अवैतनिक बाणिज्यदूत हुन् । यसअघि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

उनीहरुको साथबाट  प्रहरीले दुई लाख भन्दा बढी नगद बरामद पनि गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement