जुवा खालबाट वडा अध्यक्षसहित १२ जना पक्राउ

जुवा खालबाट वडा अध्यक्षसहित १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा जुवा खालबाट प्रहरीले वडा अध्यक्षसहित १२ जनालाई पक्राउ गरेकाे छ ।  गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो ।

रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा १२ जना जुवाडेलाई पक्राउ गर्नुका साथै केहि नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।