भक्तपुर – भक्तपुरबाट अवैध रुपमा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–५ कमलबिनायकस्थित रामेछाप घर भएका ४९ वर्षीय डम्बर बहादुर लामाको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरेका छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिक्रिया