जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ


धनुषा – जनकपुर उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी वाटिकाको गेष्ट-हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले  ५ जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी वाटिकाको गेष्ट-हाउसमा जुवातास खेलिरहेको अवस्थामा मिथिला बिहारी नगरपालिका-७ बस्ने ५६ वर्षीय किशोरी साह समेत ५ जनालाई नगद २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उक्त गेष्ट-हाउसभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement