जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


नुवाकोट – बिदुर नगरपालिका-२ स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

बिदुर नगरपालिका-२ स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ६ हजार ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका-२ बस्नेहरु सोही होटलका संचालक २८ वर्षीय दिल बहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दिपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय बिष्णु न्यौपाने, ३३ वर्षीय बासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भिम खतिवडा रहेका छन् ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement