गुल्मी – गुल्मीमा १७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकास्थित लीलासिंह अधिकारीको घरबाट जुवा खेलिरहेका बेला प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया