दाङमा सात जुवाडे पक्राउ

दाङमा सात जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – प्रहरीले दाङको घोराहीबाट जुवा खेलिरहेका सात जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरिएकाप्रहरलिे जनाएको छ ।

पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ बर्षीय भक्त केसी रहेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरमा जुवा खेलिरहेका उनीहरुलाई गोप्य सूचनाको आधारमा शुक्रवार बेलुका पौने ११ बजेतिर पक्राउ गरिएको हो । उनीहरुलाई जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाउने तयारी प्रहरीले गरेको छ ।