ललितपुरको डाउन टाउन अपार्टमेन्ट बन्यो जुवा अखडा, ८ लाखसहित १२ जुवाडे पक्राउ

ललितपुरको डाउन टाउन अपार्टमेन्ट बन्यो जुवा अखडा, ८ लाखसहित १२ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा ८ लाख ४० हजार नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

ललितपुरको धापाखेलस्थित डाउन टाउन अपार्टमेन्टको १०औं तलाको ५१० ब्लकबाट उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका १२ जना जुवाडेमध्ये एक जना महिला समेत छिन् । अपार्टमेन्ट ललितपुरकै राजेश महर्जनको रहेको वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिए ।