सल्यान – सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित रीमकी बोल्न नसक्ने दिदि सासूलाई घरमा कोही नभएको मौका पारी ज्वाइँ नाता पर्ने एक युवले बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए ।
मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ती महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया