काठमाण्डु – सामाजिक अभियन्ता ज्वाला संग्रौलाको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । उक्त निवेदनमाथि आज न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुने भएको छ ।
अभद्र व्यवहार कसुरमा आइतबार पक्राउ परेकी संग्रौलासहित अन्य २ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले प्रहरीलाई ३ दिनको अनुमति दिएको थियो ।
महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।




प्रतिक्रिया