सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ

सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ


काठमाण्डु – सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुले संग्रौलालाई काठमाण्डुको टेकूबाट आइतबार पक्राउ गरेको हो ।

उनीसहित तीन जनालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा संग्रौलासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् ।

उनीहरूविरूद्ध खुस्बु घिमिरेले प्रहरी कार्यालयभित्रै कुटपिट गरेको भन्दै जाहेरी दिएकी थिइन् ।