काठमाण्डु – ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सहकार्यको लागि सम्झौता भएको छ । अफ टूर एण्ड ट्राभल एजेन्ट्सको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकले नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्समा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।
यसका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तिय साक्षरता,उद्यमशीलता विकासका निमित्त नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्ससंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ। ज्योति विकास बैंकले हाल १०५शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।




प्रतिक्रिया