ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानी कर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राहीखाता (डिम्याटखाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेकोछ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो।यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्नुहुनेछ।

• नि:शुल्कडिम्याटखातारपहिलोवर्षकोसेवाशुल्क
• नि:शुल्कमेरोसेयररजिस्ट्रेशनशुल्क
• नि:शुल्कसि-आस्वा
• नि:शुल्कमोबाईलबैंकिंगसेवा
• नि:शुल्कइन्टरनेटबैंकिंगसेवा
• नि:शुल्कडेबिटकार्ड

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेकाछन्।

ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत्प नि खोल्न सकिनेछ। ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाईअनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रियरहँदै आएकोछ।

ज्योति विकास बैंकले हाल १०५ शाखाकार्यालय, १एक्सटेन्सन काउन्टर तथा ६२वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ