काठमाण्डु – ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक–एक थान बेबीवार्मर प्रदान गरेको छ ।
सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
सामरी स्वास्थ्य चौकीका प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल–कपिलवस्तु, मध्यबिन्दु जिल्लाअस्पताल– नवलपुर, महाकाली अञ्चल अस्पताल–कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग र सामरी स्वास्थ्यचौकी–सामरीलाई एक–एकथान बेबी वार्मर प्रदान गरिहालसम्म जम्मा ८ वटा बेबीवार्मर प्रदान गरिसकेको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गदैं आएको छ ।
बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्दित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ । हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी२३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएकोछ ।




प्रतिक्रिया