ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि. बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ। सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०५ सम्म कर्जा प्राप्त गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे । यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७०५ सम्म कर्जा सहित सजिलै प्राप्त हुने बैंकले वजनाएको छ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।