ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ज्योति विकास बैंकले २०७८ असार २० गते देखि एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ ।

बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।
९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो । १.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत÷विभिन्न संघसंस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो । उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।