‘ज्योतिस’ अर्जुन थापा क्षत्री पक्राउ

‘ज्योतिस’ अर्जुन थापा क्षत्री पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आफुलाई ‘ज्योतिस’ भन्दै हल्ला फैलाएर चर्चा बटुलेका अर्जुन थापा क्षत्री पक्राउ परेका छन् ।

आफूलाई ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षत्रीसहित तीन जनालाई बिहिबार पक्राउ गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेपछि क्षत्रीसहितको टोली अख्तियारको फन्दामा परेका हुन् ।

क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।