काठमाडौं– ज्योति विकास बैंकले ‘ज्योति शेयर कर्जा’ योजना ल्याएको छ । शेयर लगानीकर्तालाई शेयर धितो राखेर १ दिनमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
‘साना लगानीकर्तालाई लक्षित गरेर यो योजना ल्याएको हो ।’ बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले भने, ‘लगानीकर्ताले १०.४५ प्रतिशत देखि ११ प्रतिशत ब्याजदरसम्म कर्जा पाउँन सक्ने छन् ।’ कँडेलका अनुसार यस्तो प्रकृतिको कर्जा १ वर्षको अवधिमा तिरी सक्नु पर्ने छ ।
बैंकले धितो राखेको शेयर अधिकतम ७० प्रतिशत सीमासम्म शेयर कर्जा दिने जनाएको छ ।




प्रतिक्रिया