मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुरमा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । बिहीबार सुरु हुने प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।

मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजीप्रसाद कानुले हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने बताए ।

प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ ।