काठमाण्डु- पहिलो फ्रेन्चाइज नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल शुक्रबार हुँदैछ । फाइनल जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच हुँदैछ ।
फाइनल त्रिपुरेश्वरको कभर्डहलमा साँझ ६ः३० बजे सुरु हुनेछ । त्यस अवसरमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिनेछिन् ।
जनकपुर नाइट्स अपराजित रही फाइनलमा पुगेको छ भने काठमाडौंले क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनलमा स्थान बनाएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक छन् । शुक्रबारको फाइनलपछि एनकेएलले विजेता पाउनेछ तर त्यसका लागि फाइनलको प्रतिक्षा गर्नुपर्नेछ ।




प्रतिक्रिया