राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. त्रिपाठीलाई प्रदान

राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. त्रिपाठीलाई प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मर्स्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् ।

राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका क्षेत्रमा विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. त्रिपाठी, पुरस्कार छनौट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए ।