गोरखा २ मा रास्वपा उम्मेदवार बुर्लाकोटी विजयी

गोरखा २ मा रास्वपा उम्मेदवार बुर्लाकोटी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार बुर्लाकोटी २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएका निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले ३ हजार ८७ मत प्राप्त गरे । कूल १ लाख ५५ हजार ५३३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र ३ हजार ९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।