निर्धारित समयभन्दा करिब दुई घन्टा बितिसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु भएको छैन।
बन्दसत्र ढिलाईबारे महामन्त्री बुर्लाकोटीलाई सञ्चारकर्मीहरूले सहमति जुटाउने प्रयासका कारण ढिलाइ भएको हो भनेर प्रश्न गरेका थिए। आफूहरू तालिकाभित्रका काममा व्यस्त रहेको बताए।
‘छैन त्यसमा हामी प्रवेश गरेका छैनौं,’ उनले भने, ‘अहिले निर्वाचन आयोगले तयारीको काम गरिरहेको छ ।’
बुर्लाकोटीले अहिले तालिकाभित्रको काममा व्यस्त रहेको बताए। यस्तै, बन्दसत्रमा प्रतिवेदनमाथि छलफल हुनेछ र त्यसपछि निर्वाचन प्रक्रियामा अघि बढ्ने उनले बताए।
अधिवेशनको कार्यतालिका प्रभावित हुने हो कि भन्ने प्रश्नमा बुर्लाकोटीले पूर्वघोषित समयअनुसार नै अधिवेशन सम्पन्न हुने दाबी गरे।
बन्दसत्र ढिलो सुरु हुँदा प्रतिनिधिहरू भने कार्यक्रम अगाडि बढ्ने प्रतीक्षामा रहेका छन्। निर्वाचन प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्नेबारे औपचारिक जानकारी आउन बाँकी छ।




प्रतिक्रिया