काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु, सबै व्यावसायिक उडान रद्द

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु, सबै व्यावसायिक उडान रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने खुलेको छैन् । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको जनाइएको छ ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको बताइएको छ ।