एजेन्सी- अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु भएको छ । एयरपोर्ट बाहिर जम्मा भएको भीडभाडमा परी उनीहरुको मृत्यु भएको बेलायतको रक्षामन्त्रालयले जनाएका छ ।
तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु देश छाडी रहेका छन् । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर यसलाई सकेसम्म सुरक्षा दिने प्रयास भइरहेको छ ।’ हजारौं अफगानी नागरिक जम्मा भएसँगै काबुल एयरपोर्टको अवस्था अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया