काबुलमा भएको आत्मघाती हमलामा परी २ नेपाली सुरक्षा गार्डसहित १६ जनाको मृत्यु ११९ बढी घाइते

काबुलमा भएको आत्मघाती हमलामा परी २ नेपाली सुरक्षा गार्डसहित १६ जनाको मृत्यु ११९ बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।

घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ। सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए।

‘बिस्फोटमा परी १२ जना अफगानी र २ जना अर्को देशका सुरक्षा गार्डको पनि ज्यान गएको जानकारी छ,’ उनले भने। उनले पाएको सूचनाअनुसार बाहिरी पोस्टमा बिस्फोट गरेर ४/५ जना तालिबानी आतंकवादी क्याम्प भित्र प्रवेश गरी अन्धाधुन्द गोलीबारी गरेका थिए। मृत्यु हुनेमा अधिकांश क्याम्प नजिकैको वस्तीका बासिन्दा छन्।’याे खबर कान्तिपुर दैनिकमा छ ।