काठमाण्डु – चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सले चलचित्र निर्माण घोषणा गरेको हो ।
चलचित्र लभस्टोरी जनरामा रहने चलचित्र फिरोज तिमलसेनाले निर्देशन गर्नेछन् ।
टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि सिनेमाको कथा रहने संकेत गरेको छ ।
टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ ।
चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहने प्रेस नोटमा उल्लेख छ ।
फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । ‘कहाँ गयौ तिमी।।।’मा कोको कलाकार रहनेछन्, त्यो भने निर्माणपक्षले खुलाएको छैन । चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए ।




प्रतिक्रिया