मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमालेको नाराबाजी

मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमालेको नाराबाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै साेमबार निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका हुन् । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।

सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिष्पर्धामा छन् ।