कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी


काठमाण्डु – कैलालीको क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। केहीबेरअघि घोषणा गरिएको मत परिणामअनुसार उनले ३० हजार ४०४ मत प्राप्त गरिन्।

उनले निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीलाई १२ हजार ३०० भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजनमले १८ हजार ८१ मत पाए। त्यस्तै, एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement