कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि

कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि


काठमाण्डु- कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो ।

दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताएका छन् । शाखा प्रमुख जोशीका अनुसार बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ ।